सहकारी संस्था भनेको सदस्यहरूले स्वयम् सञ्चालन गर्ने, स्वयम् नियन्त्रित, स्वयम् स्वामित्वमा रहेको आर्थिक संस्था हो जसले सदस्यहरूको सामाजिक, आर्थिक, र सांस्कृतिक आवश्यकताहरूलाई पूरा गर्न मद्दत गर्दछ।
सहकारीको मुख्य उद्देश्य सदस्यहरूको आर्थिक, सामाजिक, र सांस्कृतिक उत्थान गर्नु हो। यसले सदस्यहरूलाई बचत गर्न, कर्जा लिन, र अन्य आर्थिक गतिविधिहरूमा सहभागी हुन प्रोत्साहित गर्दछ।
- स्वेच्छिक तथा खुल्ला सदस्यता
- सदस्यहरुद्धारा प्रजातान्त्रिक नियन्त्रण
- सदस्यहरुको आर्थिक सहभागिता
- स्वयत्तता र स्वतन्त्रता
- शिक्षा, तालिम र सूचना
- सहकारी र सहकारीबीच सहयोग
- समुदायप्रति चासो
कम खर्च गरेर, बानीमा सुधार गरेर, आम्दानी बढाएर, त्यागी भएर, आफ्नाे तथा परिवारको भविष्य प्रति सम्वेदशील र दूरदर्शी भएर, बचत गर्ने अवसर र स्थान को सुविधा उपलब्ध भएर, कूलत बानीहरु हटाएर जस्तै चुरोट, रक्सीको सेवन, अनावश्यक सामाजिक खर्चहरु घटाएर र जाँगरीलो, उद्यमशील र परिश्रमी भएर ।
आपतकाल टार्न, आयमूलक व्यवसाय सञ्चालन गर्न, आर्थिक तथा सामाजिक जीवनस्तर उकास्न, सामाजिक आर्थिक दायित्व वहन गर्न सजिलो पार्न, सम्पत्ति बढाउन, आत्मनिर्भर र स्वावलम्बी हुन, भावि सन्ततिलाई आर्थिक बोझ कम गर्न र आफ्नाे साथसाथै परिवार तथा भावि सन्ततिहरुको भविष्य सुखी बनाउन ।
सहकार्य गर्ने थलो, आर्थिक तथा सामाजिक कार्य गर्ने स्थान, दिगो र भरपर्दो संस्था, चीरकालसम्म रहने स्थायी संस्था, समुदायमा आधारीत कर्मस्थल, सदस्यहरुबाट प्रवद्र्धित, सञ्चालित र नियन्त्रित संस्था र संगठित तथा सामुहिक संस्था ।
- संस्था दर्ता: २०६४ साल फागुन २ गते
- परिकल्पनाः समाजमा रहेका व्यक्तिहरुको सेवा गरि उनीहरुको सामाजिक तथा आर्थिक स्थीतीको विकास गर्ने ।
- ध्येयः उत्कृष्ट सेवा प्रदान गरी सदस्यहरुको जिवनयापनलाई सरल, सहज तथा सफल बनाउने ।
- उद्देश्यः बचत गर्ने बानीको विकास गर्दै छरिएर रहेको पूँजीलाई संकलन गर्ने, संकलित बचतलाई सदस्यहरु बीच सम्भाव्यताको आधारमा विभिन्न क्षेत्रमा लगानी गर्ने, सदस्यहरुको सामाजिक तथा आर्थिक स्थिति विकाश गर्ने ।
काभ्रे जिल्ला भरि
व्यक्तिगत रुपमा बचत खाता खोल्न आवश्यक पर्ने कागजातहरु :
- संस्थाको नियमानुसार स्पष्टरुपमा भरिएको प्थ्ः फारम, खाता खोल्ने निवेदन फारम र दस्तखत नमूना कार्ड ।
- सदस्यको खाता खोल्ने फारममा र दस्तखत नमुना कार्डमा टाँस्ने प्रयोजनको लागि पासपोर्ट वा अटो साइजको फोटो दुईप्रति ।
- नागरिकता प्रमाण पत्र, वा परिचय खुलाउने राहदानी वा मतदाता परिचय पत्र वा स्थायी करदर्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि वा कुनै आधिकारिक सरकारी निकायको फोटो सहितको परिचय पत्र । यदि नाबालक भएमा जन्म दर्ताको प्रमाण पत्र ।
- हकवाला वा संरक्षकको नागरिक्ताको प्रतिलिपि तथा एक प्रति फोटो । हकवाला नाबालक भएमा जन्म दर्ताको प्रमाण पत्र ।
- संस्थाको कार्य क्षेत्र भित्र बसोबास गरेको हुनु पर्ने ।
- संस्थाको सदस्य हुनु पर्ने ।
- सदस्य प्राकृतिक व्यक्ति हुनुपर्दछ ।
- ऋण अधिकार होइन, सुविधा मात्र हो भन्ने कुरालाई स्विकार गर्नुपर्ने ।
- न्यूनतम १० कित्ता शेयर खरिद गरेको र अनिवार्य बचत तथा आभाष सदस्य सुरक्षा कार्यक्रममा सहभागी भएको हुनुपर्ने ।
- सहकारी ऐन, कानुन, सहकारी मापदण्ड, संस्थाकाे नीतिहरु र अन्य सम्बन्धित नियमहरु तथा समय समयमा हुने परिमार्जन समेतलाई पालना गर्न तत्पर हुनुपर्ने ।
- सदस्यको ऋण मूल्यांकन 5C गर्दा न्यूनतम ५५ अंक प्राप्त गरेको हुनुपर्ने ।
- उद्योग तथा व्यवसाय ऋण भएमा सदस्यले उक्त उद्योग, फर्म वा कम्पनी रीतपूर्वक सम्बन्धित नियकाम दर्ता भई उद्योग व्यापार सुचारु रुपले सञ्चालन गरेको हुनुपर्दछ ।
- ऋण माग गर्ने सदस्य वा साझेदार वा सञ्चालकहरु तथा एकघर परिवाका सदस्यहरु पनि कालो सूचीमा रहेको हुनु हुँदैन ।
- उद्योग तथा व्यवसाय ऋण अन्तर्गत अख्तियार प्राप्त व्यक्तिले मात्र ऋणको कारोवार गर्न मिल्नेछ।
- ऋण माग गरेको रकम प्रति सदस्य सीमा भन्दा बढि भएको हुनु हुँदैन ।
- ऋण माग गर्नेको आचरण असल हुनुपर्ने ।
- मानसिक सन्तुलन ठिक भएको हुनुपर्ने ।
- प्रचलित कानूनले अयोग्य घोषित गरेको अवस्था विद्यमान नभएको ।
- सदस्यले निजलाई जारी गरिएको आवधिक बचतको रसिद हराएमा लिखित रुपमा प्रतिलिपि माग निवेदन पेश गर्न सक्नेछ ।
- हराएको आवधिक बचतको रसिदको सट्टामा संस्थाले तोकेको नमूना अनुसारको निस्सामात्र प्रदान गरिनेछ ।
- यसरी निस्सा प्रदान गर्दा संस्थाले तोके बमोजिमको शुल्क लाग्नेछ ।
- आवधिक बचतको भुक्तानी प्राप्त गर्न वा नविकरण गर्न संस्थाले प्रदान गरेको निस्सा प्रस्तुत गर्नु अनिवार्य छ ।
सहकारी संस्थाहरूले बारम्बार KYM फारम भर्न आग्रह गर्ने प्रमुख कारणहरू निम्न छन् ः
अपडेटेड जानकारी: समयसंगै सदस्यहरूको व्यक्तिगत विवरणमा परिवर्तन हुन सक्छ, जस्तै ठेगाना, फोन नम्बर, वैधानिक कागजातहरू, आदि। सहकारी संस्थाहरूले आफ्नो रेकर्डमा सबैभन्दा ताजा र सही जानकारी राख्न KYM फारम बारम्बार अपडेट गर्न भन्छन्।
कानूनी अनुगमन: कानूनी नियमहरू र विनियमहरूको पालना गर्न सहकारी संस्थाहरूले निश्चित अन्तरालमा KYM प्रक्रिया दोहोर्याउनु पर्छ। वित्तीय नियामक निकायहरूले सहकारी संस्थाहरूलाई नियमित रूपमा KYM अपडेट गर्न अनिवार्य गरेको छ।
जोखिम व्यवस्थापन: सहकारी संस्थाहरूले आफ्नो सदस्यहरूको जोखिम प्रोफाइल बुझ्न KYM प्रक्रिया दोहोर्याउँछन्। यसले सहकारी संस्थालाई सम्भावित जोखिमहरू पहिचान गर्न र उनीहरूको सुरक्षा उपायहरू सुधार गर्न मद्दत गर्दछ।
धोखाधडी रोकथाम: बारम्बार KYM अपडेटले सहकारी संस्थालाई धोखाधडी र आपराधिक गतिविधिहरू रोक्न मद्दत गर्दछ। कुनै पनि असंगतता वा अनियमितता पहिचान गर्दा, सहकारी संस्थाले तुरुन्तै आवश्यक कदम चाल्न सक्छ।
सदस्यहरूको जीवनस्तरमा परिवर्तनस् सदस्यहरूको आर्थिक स्थिति, व्यवसाय, वा रोजगारीको अवस्थाहरूमा परिवर्तन हुन सक्छ। यसले सहकारी संस्थाको दृष्टिकोणबाट सदस्यहरूको सेवा आवश्यकताहरूमा परिवर्तन ल्याउन सक्छ। अद्यावधिक गरिएको KYM जानकारीले सहकारी संस्थालाई आफ्नो सेवा सुधार गर्न र अनुकूलन गर्न मद्दत गर्दछ।
त्यसैले, सहकारी संस्थाहरूले बारम्बार KYM फारम भर्न आग्रह गर्दा, यो सदस्यहरूको सही पहिचान र जानकारी प्रमाणित गर्न, कानूनी नियमहरूको पालना गर्न, जोखिम व्यवस्थापन गर्न, र धोखाधडी रोक्नको लागि महत्त्वपूर्ण हुन्छ।
- सदस्यले माग गरेमा संस्थाले बचत खातको पास बुक उपलब्ध गर्नेछ ।
- संस्थाको कर्मचारीले सदस्यको घरदैलोमा गई बचत संकलन गर्दा उक्त पासबुकमा रकम दाखिला गर्नेछ ।
- बजार प्रतिनिधिहरुले प्रत्येक महिनाको पहिलो सप्ताह भित्र पासबुक भएका सम्पूर्ण सदस्यको पासबुक संकलन गरि संस्थाबाट रुजु गराई सदस्यलाई पुनः फिर्ता दिइनेछ ।
- पासबुक रुजुभएको १५ दिन भित्र संस्थामा आई हिसाब नमिलेको भनि निवेदन पेश भएमा थप जाँच गरिनेछ र प्रमाणको आधारमा कारवाही गरिनेछ तर १५ दिन पश्चात पनि सदस्यले संस्थामा जानकारी नगराएको खण्डमा सोही व्यलेन्सलाई अन्तिम व्यालेन्सका रुपमा लिइनेछ ।
- यदि सदस्यको पासबुक हराएमा नयाँ पासबुक बनाउनको निमित्त संस्थाले तोकेको शुल्क बुझाई निवेदन पेश गरेमा नयाँ पासबुक उपलब्ध गराइनेछ ।
सम्पत्ति शुद्धिकरण (Money Laundering) अपराध हो जसमा गैरकानूनी रूपमा कमाइएको पैसा (जस्तै, ड्रग्स कारोबार, आतंकवाद, भ्रष्टाचार आदि) वैध स्रोतबाट आएको जस्तो देखाउन विभिन्न वित्तीय कारोबारहरूमा प्रयोग गरिन्छ। सम्पत्ति शुद्धिकरणका प्रक्रिया तीन मुख्य चरणहरूमा बाँडिएको हुन्छ:
प्लेसमेन्ट (Placement): गैरकानूनी रूपमा कमाएको पैसा वित्तीय प्रणालीमा प्रवेश गराइन्छ। यो प्रक्रियामा नगद जम्मा गर्ने, क्यासियरको चेक खरिद गर्ने, वा विदेशी बैंक खातामा पैसा पठाउने जस्ता गतिविधिहरू समावेश हुन्छन्।
लेयरिङ (Layering): पैसाको स्रोतलाई लुकाउन वा झुठा विवरण दिन विभिन्न वित्तीय कारोबारहरू गरिन्छ। यस प्रक्रियामा पैसा विभिन्न बैंक खातामा ट्रान्सफर गर्ने, विभिन्न कम्पनीहरू मार्फत कारोबार गर्ने, वा नगद र गैरनगद कारोबारलाई मिश्रण गर्ने जस्ता तरिकाहरू समावेश हुन्छन्।
इन्टिग्रेसन (Integration): सफा भएको पैसा आर्थिक प्रणालीमा फर्काइन्छ र वैध देखिन्छ। यस प्रक्रियामा पैसा लगानी गर्ने, सम्पत्ति खरिद गर्ने, वा वैध व्यापारमा प्रयोग गर्ने जस्ता गतिविधिहरू समावेश हुन्छन्।
सम्पत्ति शुद्धिकरण सम्बन्धी विस्तृत जानकारीकाे लागि तल दिइएकाे Link मा Click गर्नुहाेला
https://www.rbb.com.np/uploads/images/downloadimage/1588480652-948802.pdf
https://www.nrb.org.np/contents/uploads/2021/07/General-FAQs.pdf
KYM भनेको "Know Your Member" (आफ्ना सदस्यलाई चिन्नुहोस्) हो। यो सहकारी संस्थाहरूले आफ्नो सदस्यकाे पहिचान, ठेगाना, र अन्य जानकारी प्रमाणित गर्ने प्रक्रिया हो। KYM प्रक्रियाले विभिन्न लाभहरू प्रदान गर्दछ, जसमा निम्न समावेश छन्:
धोखाधडी रोकथाम: KYM ले सहकारी संस्थालाई धोखाधडी र आपराधिक गतिविधिहरू रोक्न मद्दत गर्दछ। सदस्यको सही पहिचान र जानकारी प्रमाणित गर्दा, गलत व्यक्तिहरूले अवैध गतिविधि गर्न सक्दैनन्।
धनशोधन नियन्त्रण: KYM ले अवैध धनशोधन (Money Laundering) र आतंकवादी वित्त पोषण (Terrorist Financing) रोक्न महत्त्वपूर्ण भूमिका खेल्दछ। यसले अवैध रुपमा कमाएको धनलाई सफा गरेर कानूनी बनाउने प्रक्रियालाई नियन्त्रण गर्न मद्दत गर्दछ।
सदस्य सुरक्षा: KYM ले सदस्यको व्यक्तिगत जानकारीको सुरक्षा र गोपनीयता सुनिश्चित गर्दछ। यो प्रक्रियाले सदस्यको खातामा अनुमति विनाको अवैध पहुँच रोक्छ।
विश्वसनीयता र स्थिरता: सहकारी संस्थाहरूका लागि KYM प्रक्रियाले विश्वसनीयता र स्थिरता बढाउँछ। यसले व्यवसायमा विश्वास बढाउँछ र लामो समयसम्मको सफलताका लागि आधार तयार गर्छ।
कानूनी अनुगमन: कानूनी रुपमा KYM अनिवार्य गरिएको छ। व्यवसायहरूले कानूनी नियमहरू पालन गर्दा समस्याबाट जोगिन सक्छन्।
KYM प्रक्रिया सहकारी संस्थाहरूको लागि सदस्यको पहिचान र जानकारी प्रमाणित गर्न अति महत्वपूर्ण छ। यसले धोखाधडी, अवैध गतिविधि, र अन्य आपराधिक क्रियाकलापहरूलाई रोक्न मद्दत गर्दछ र व्यवसायलाई कानूनी रुपमा सुरक्षित राख्दछ ।