सदस्य सुरक्षा कार्यक्रम

Posted On : 20 June, 2019

आभाष सदस्य सुरक्षा कार्यक्रम
सदस्यलाई रोग लागि उपचार गराउनु परेमा वा उपचारको क्रममा मृत्युबाट परिवारमा पुग्न जाने क्षतिमा संस्थाको तर्फबाट यस संस्थामा आवद्ध सदस्यहरुको जिवनको सुरक्षा तथा सदस्यमा आश्रित परिवारलाई आर्थिक सहयोग सुविधा पु¥याउने उद्देश्यले सुरुवात गरिएको कार्यक्रम हो आभाष सदस्य सुरक्षा कार्यक्रम ।
१. सदस्य सुरक्षा कोषको सदस्यता :
क) ६५ वर्ष उमेर ननागेको सदस्यले मात्र सदस्य सुरक्षा कार्यक्रममा सदस्यता लिन मिल्नेछ ।
ख) यदि कुनै सदस्यले सुरक्षा कार्यक्रममा सदस्यता लिए पश्चात ६५ वर्षको उमेर हदबन्दि नाघेमा माथिकोको प्रावधानले बाधा अड्चन पर्ने छैन । उक्त सदस्यको कार्यक्रममा सदस्यता कायम रहनेछ ।
ग) सदस्य सुरक्षा कार्यक्रममा भाग लिन चाहने प्रत्येक सदस्यले सदस्यता बापत रु. २,०००।– (अक्षरुपी दुई हजार मात्र) जम्मा गर्नुपर्नेछ ।
२. सुविधा वितरण :
क) मष्तिस्कघात, क्यानसर, पक्षधात, मुटुको बाईपास सर्जरी र मिर्गाैला प्रत्यारोपन समेत गरि केवल ५ वटा रोगको उपचारको लागि र दफा ९ मा उल्लेख भएको स्थायी अशक्तताको अवस्था भएमा मात्र रु २५,०००/- (अक्षरुपी पच्चिस हजार रुपैयाँ मात्र) सुविधा रकम प्रदान गरिने छ ।
ख) यदि सदस्यलाई कुनै पनि रोग लागि शल्यक्रिया गर्नु परेमो रु १०,०००/- (अक्षरुपी दश हजार रुपैयाँ मात्र) सुविधा रकम प्रदान गरिने छ । शल्यक्रियाको सुविधामा पनि दोहोरो सुविधा नपाइने प्रावधान लागु हुनेछ ।
ग) यदि सदस्यको कुनै पनि रोग लागि वा काल गतिले मृत्यु भएमा रु १०,०००/- (अक्षरुपी दश हजार रुपैयाँ मात्र) सुविधा रकम आश्रित परिवारलाई प्रदान गरिने छ ।
घ) यदि सदस्यले रोगको विषयमा जानकारी नगराएमा सदस्यको मृत्यु भए पश्चातमात्र संस्थामा जानकारी भएमा सत्य तथ्यको छानविन गरि सुविधा रकम एकाघरका हकवाला वा ज्येष्ठ व्यक्ति वा अन्तिम संस्कार गर्ने व्यक्ति वा कानून बमोजिमको हकवालालाई प्रदान गरिनेछ ।
ङ) यदि माथि उल्लेख गरिएको रोगबाट पूर्ण रुपमा अशक्त भएमा समेत सदस्य स्वयं अथवा लालनपालन गर्ने व्यक्तिलाई सुविधा रकम प्रदान गरिनेछ ।
च) सुविधा रकम प्रदान गर्दा रोग विशेषज्ञको प्रतिवेदनको आधारमा मात्र रकम प्रदान गरिनेछ ।
छ) सदस्यले एउटा रोगकोलागि उपचारको क्रममा अथवा उपचार पश्चात केवल एक पटक मात्र सुविधा रकम पाउनेछ ।
ज) एक पटक सुविधा रकम प्रप्त गरेपछि सदस्यले पुनः रु २,०००/- (अक्षरुपी दुई हजार रुपैयाँ मात्र) रकम जम्मा गरी सदस्यता नविकरण गर्न सक्नेछ ।
३. सुविधा पाउन योग्य :
क) कार्यक्रममा भाग लिनको निमित्त सदस्यता दर्ता रकम रु २०००/- जम्म भएको ३ महिना पश्चात मात्र सदस्यले सुविधा प्राप्त गर्न योग्य हुनेछ ।
ख) कार्यक्रममा भाग लिएर पुनः सदस्यता नविकरण गरिएको अवस्थामा पनि नविकरणको ३ महिना पश्चात मात्र सदस्यले सुविधा प्राप्त गर्न योग्य हुनेछ ।
ग) कार्यक्रममा सदस्यता कायम भए पश्चात सदस्यले अनिवार्य बचत अटुट् रुपमा जम्मा गरेको हुनु पर्नेछ । बचत नियमित भएमा मात्र सुविधा पाउन योग्य मानिनेछ । सदस्यता प्राप्त गरेको एक वर्ष वा सो भन्दा बढि भएको हकमा सुविधा रकम प्राप्त गर्नको निमित्त पछिल्लो एक आर्थिक वर्ष र चालु आर्थिक वर्षमा अटूट रुपमा अनिवार्य बचत गरेको हुनुपर्नेछ र एक आर्थिक वर्ष भन्दा कम भएको हकमा सदस्यता कायम भएको मिति देखि सुविधा रकम माग गर्दाको समय सम्म अटुट् रुपमा अनिवार्य बचत जम्मा गरेको हुनुपर्नेछ । यदि सो नभएमा र कुनै एक महिनाको मात्र पनि बचत रकम नियमित नभएको पाइएमा सुविधा रकम प्रदान गरिने छैन । सुविधा रकम माग गर्दाको समयमा अनिवार्य बचतमा कुनै बक्यौता हुनुहुने छैन । यदि सदस्यले अग्रिम रुपमा अनिवार्य बचत जम्मा गरेको भएमा सोलाई नियमित बचत भएको मानिने छ ।

Activities